काठमाडौं ।
६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाविरुद्ध आज बानेश्वरमा सडक बहस भएको छ ।
रुकुममा भएको जातिय हत्या र विभेदविरुद्ध सडक बहस कार्यक्रममा विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो । बहसमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले झण्डै ५० लाख जनसंख्या भएको दलित समुदायको हितको सामाजिक आन्दोलन नभएकै कारण घटना घटेको बताए ।
जनजाति आन्दोलन मधेश आन्दोलन भएपनि दलित आन्दोलन नभएकै कारण रुकुम घटनाको विषयमा आवाजहरु उठ्न नसकेको बताए । जातिय विभेदका घटनाहरु बढिरहेको उल्लेख गर्दै उनले राजनीतिक आन्दोलन देशमा भए पनि सामाजिक आन्दोलन नहुँदा सभ्य समाजको निर्माण हुन नसकेको बताए । जातियताकै कारण बेला बेला हुने घटनाले देशलाई कलंकित बनाएको उनको भनाइ छ ।
नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले दलित उत्पीडनको एजेण्डा अगाडी बढाएर आन्दोलन नहुँदासम्म विभेद अन्त्य गर्न नसकिने बताए । अब पनि सामाजिक आन्दोलनमार्फत दलित उत्पीडन मुद्दा स्थापित गराउन नसकिए घटनाहरु घटिरहने बताए ।
पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनाका अभियुक्तहरुलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । घटनामा संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुकुमकोटले बुधबार आदेश दिएको हो ।





























प्रतिक्रिया