हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जाने सडक बन्द

हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जाने सडक बन्द

केन्द्रबिन्दु
0
Shares

हेटौंडा । हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जाने सडकको यातायात आवागमन बन्द गरिएको छ । वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्ड बन्द भएको जनाएको छ ।

हाल सो सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ । मन्त्रालयले त्रिभुवन राजपथ र नौबिस मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ ।–रासस

Logo