नेपालमा आज २६६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज २६६ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ जना पुगेको छ । आज २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४०० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९५९ पुगेको छ।

नेपालमा हालसम्म २० लाख १२ हजार ४५२ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ५०८ जनाको परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज १७७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९९ हजार ८०१, भक्तपुरमा ९ हजार १०४ र ललितपुरका १५ हजार ७६२ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २४ हजार ८४६ जना पुगेको छ ।

Logo