काठमाडौं ।
गृह मन्त्रालयले शुक्रबार ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गरेको छ । जस अन्तर्गत अत्यावश्यक काम बाहेक आफू रहेको आवास बाट अन्यत्र आवतजावत नगर्न आग्रह गरिएको छ ।
सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै गर्दा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाएर मात्र आफ्नो नियमित काम गर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
जारी सुरक्षा मापदण्ड अनुसार अत्यावश्यक कामबाहेक राति दश बजेदेखि बिहान पाँच बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । यसका साथै, आवतजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम गर्न पनि अनुरोध गरिएको छ ।
यसका साथै, विवाह, ब्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, लगायतका सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्नै पर्ने अवस्थामा पनि तोकिएको सामाजिक दूरी सुनिश्चित कायम गर्न र जमघटहरुमा १५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय गरिएको छ।

































प्रतिक्रिया