काठमाडौं ।
अब उपत्यका प्रवेशका लागि आफू बस्ने स्थानियतहको अनुमति चाहिने भएको छ । उपत्यका बाहिर रहेका तर काठमाडौं फर्किन चाहनेका लागि आफू बसोबास गरिरहेको स्थानिय तहको अनुमति चाहिने व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
स्थानिय तहले प्रवेशका लागि अनुमति दिएपछि मात्र उक्त अनुमतिपत्रसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनु पर्नेछ । जिल्ला प्रशासन कार्यालयले सवारी पास दिए पछि मात्र उपत्यका प्रवेश गर्न पाइनेछ ।
काठमाडौं उपत्यका बाहिर जान चाहनेहरुका लागि भने अत्यावश्यक कामका लागि भए सो अनुसारको कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिन सकिने बताइएको छ ।
काठमाडौं जिल्ला भित्र भने सवारी पास हाललाई बन्द गरिएको छ । उपत्यकामा जोर विजोर प्रणाली लागू भइसकेकाले काठमाडौं जिल्ला प्रशासनले सवारी पास दिन बन्द गरेको हो ।






























प्रतिक्रिया