भक्तपुर ।
कुवेत सरकारको आममाफीमा परेर नेपाल फर्किएकाहरुलाई नेपाल विद्युत् प्राधिकरण भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।
कुवेतबाट नेपाल फर्किएकामध्ये दुई महिलालाई कोरोना भाइरस संङ्क्रमणको आशंका भएपछि शुक्रबार नेपाल आएका नौ बालबालिकासहित १४९ महिलालाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको हो ।
कुवेतबाट फर्किँदा गरिएको कोभिड–१९ को परीक्षणमा नेगेटिभ रिपोर्ट आए पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शरीरको तापक्रम मापन गर्दा दुई जनामा ज्वरो आएको पाइएपछि सबैलाई खरिपाटी क्वारेन्टाइन लगिएको हो । विपद् व्यवस्थापन समिति (सिसिएमसी) भक्तपुरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले होल्डिङ सेन्टरमा राखेर सम्बन्धित प्रदेश पठाउने तयारी गरिएपनि फर्किएकामध्ये दुई जनालाई ज्वरो देखिएपछि सबैलाई खरीपाटी क्वारेन्टाइनमा राखिएको बताइन् ।
ज्वरो देखिएका दुई जनाको शुक्रबार नै स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । आममाफी गराई १४० महिला, दुई वर्षमुनिका दुई बालबालिका र १२ वर्षमुनिका सात बालबालिकालाई कुवेत सरकारले आफ्नै जहाजबाट निःशुल्क नेपाल ल्याइदिएको हो ।रासस































प्रतिक्रिया