राप्रपाद्वारा केन्द्रीय पदाधिकारी चयनकाे काम पूरा

राप्रपाद्वारा केन्द्रीय पदाधिकारी चयनकाे काम पूरा

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय समितिलाई पूर्णता दिएको छ। राप्रपाले बिहिबार केन्द्रीय कार्य समिति, केन्द्रीय कार्य सम्पादन समिति र सचिवालय सदस्यहरुको नाम सार्वजनिक गरेको हो ।

पार्टीको विधान र पार्टी एकीकरण सम्बन्धी आधारपत्र अनुसार तीन अध्यक्ष (कमल थाप, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी) को सहमतिमा तत्कालका लागि केन्द्रीय कार्य समितिमा ३ सय २७ जना, केन्द्रीय कार्य सम्पादन समितिमा ८२ जना रहने राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै केन्द्रीय कार्य सम्पादन समितिमा ११ सदस्य आमन्त्रित रहने छन् भने विश्वबन्धु थापाको अध्यक्षतामा उच्च स्तरीय सल्लाहकार समिति गठन गरिएको छ। साथै १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरिएको छ ।

त्यस्तैगरी पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्य राखिएको छ। तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच गत फागुन २८ मा पार्टी एकताको घोषणा गरिएको थियो । भने फागुन २४ मा पार्टी एकता गर्ने सहमति भएको थियो ।

Logo