कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुग्यो

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको हो । नयाँ मृतकमा चितवन भरतपुर नगरपालिका–११ का पुरुष रहेका छन्। मन्त्रालयका अनुसार उनमा ज्वरो, निमोनिया र सुगरको समस्या देखिएकाे थियाे ।

त्यस्तै देशभर संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । मंगलबार मात्र थप ३ सय २३ जनामा संक्रमण पुष्टि भएकाे हाे । साथै उपचारपछि निको हुनेको संख्या ५ सय ८४ पुगेको छ । आज ९६ जना निको भएका छन् । हाल सम्म देशका ७२ जिल्लामा संक्रमित देखिएका छन् । आज इलाममा पहिलो पटक संक्रमित देखिएका छन् ।

त्यस्तैगरी अहिलेसम्म देशभर १ लाख ६ हजार ३ सय ३१ पीसीआर परीक्षण गरिएको छ भने १ लाख ६६ हजार १ सय ५८ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ५३ पीसीआर परीक्षण गरिएको छ भने ९ हजार १ सय ६७ आरडीटी परीक्षण गरिएको छ ।
प्रवक्ता गौतमका अनुसार देशभर १ लाख ६५ हजार ७ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् । भने आइसोलेसनमा हुनेको सख्या ३ हजार ४ सय ८७ रहेको छ ।

Logo