बालिका बलात्कार अभियोगमा पक्राउ 

बालिका बलात्कार अभियोगमा पक्राउ 

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा  एक जना पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका-९ घर भएका ५० वर्षीय सन्तबीर राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई बलात्कार गरेकाे अभियोग छ ।

प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ गरी  यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

Logo