कुन कुन हुन् हालसम्म कोरोना नदेखिएका नेपालका ६ जिल्ला ?

कुन कुन हुन् हालसम्म कोरोना नदेखिएका नेपालका ६ जिल्ला ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरसको संक्रमण ७१ जिल्लामा पुगिसकेको छ । ७७ जिल्ला रहेका नेपालमा अब ६ जिल्लामा मात्र कोरोना पुग्न बाँकी छ । आइतबार रोल्पामा पहिलो पटक कोरोना संक्रमित देखिएका थिए ।

प्रदेश नं. १ का इलाम र ओखलढुंगा, वागमति प्रदेशको रसुवा, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ तथा कर्णालीको पश्‍चिम रुकुममा हालसम्म कोरोनाको संक्रमण पुगेको छैन ।

यसरी हेर्दा अब ६ जिल्ला मात्र सुरक्षित देखिएका छन् । नेपालमा हालसम्म कोरोना संकमितको संख्या ३ हजार ४४८ पुगेको छ । निको हुनेको संख्या ४६७ पुगेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

Logo