काठमाडौं । देशभर अहिलेसम्म कूल २ लाख ४१ हजार २ सय ५४ रहेको छ । जुन पीसीआर र आरडीटी दुबै विधिमार्फत गरिएको परीक्षण हो । जसमध्ये ९६ हजार २ सय ५ पीसीआर परीक्षण गरिएको छ भने १ लाख ४५ हजार ४९ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय २८ पीसीआर परीक्षण गरिएको छ भने ७ हजार ६ सय १४ आरडीटी परीक्षण गरिएको छ ।
यस्तै देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ मा ४ हजार ३ सय ८८, प्रदेश २ मा २२ हजार २ सय ३२, वागमती प्रदेशमा ३ हजार १ सय ९५, गण्डकी प्रदेशमा ५ हजार ३ सय ६३, प्रदेश ५ मा ३९ हजार ८ सय ९७, कर्णाली प्रदेशमा ३२ हजार ८२ र सुदूरपश्चिम प्रदेशमा ६३ हजार ५ सय ७५ जना क्वारेन्टाइनमा रहका छन् ।
प्रवक्त डा. देवकोटाका अनुसार देशभर २ हजार ९ सय ६८ जना संक्रमितहरु अइसोलेसनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा १ सय ६८, प्रदेश २ मा ९ सय ७४, वागमती प्रदेशमा ५७, गण्डकी प्रदेशमा १ सय ८, प्रदेश ५ मा ९ सय ४४, कर्णाली प्रदेशमा ६ सय २१ र सुदूरपश्चिम प्रदेशमा ९६ जना आइसोलेसनमा रहेका छन् ।
अहिलेसम्म ७७ जिल्लामध्ये ७१ जिल्लामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।































प्रतिक्रिया