१५ माघ २०७८ शनिबार
1
1
1

0 Shares

निर्वाचन गराउन सरकारद्धारा ५ अर्ब निकासा

1
1
1
1
1
1
1
1
1

काठमाडौँ, १०, कात्तिक
सरकारले निर्वाचनका लागि ५ अर्ब रुपैयाँ निकासा गरेको छ । निर्वाचनका लागि ठूलो परिमाणमा रकम आवश्यक पर्ने देखिएपछि अर्थ मन्त्रालयले निर्वाचन आयोगले माग गरे अनुसार पहिलो चरणमा ५ अर्ब रुपैयाँ निकासा दिएको हो । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने गरी मंसिर १० र २१ मा निर्वाचनको मिति घोषणा गरिसकेको छ । “निर्वाचनका लागि ५ अर्ब बजेट निर्वाचन आयोगलाई निकासा दिइसकेका छौं,” बजेट महाशाखाका उपसचिव ईश्वरीप्रसाद अर्यालले भने ।

अन्य निकायबाट बजेट माग आउने क्रम जारी रहेको पनि उनले जानकारी दिए । अर्थले यसअघि तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि १० अर्ब २९ करोड रुपैयाँ बजेट निकासा दिएको थियो । सरकारले आउँदो प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि भन्दै ३२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेट मध्ये ५ अर्ब रुपैयाँ निकासा दिएको अर्थको भनाइ छ । अर्थले निर्वाचनका लागि बजेट विनियोजन र शीर्षकगत रूपमा मापदण्ड बनाएर कार्यान्वयन गर्ने तयारी गरिरहेको छ ।
कारोबारबाट

प्रकाशित: १० कात्तिक २०७४ ०८:४९ शुक्रबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी