विश्वभर कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमणको महामारी छ । तीन लाख ९३ हजार भन्दा बढीको ज्यान लिएको कोरोना भाइरसबाट ६७ लाख ५ हजार भन्दा बढी संक्रमित भएका छन् । "/>

कोरोना भ्याक्सिनबारे डब्लुएचओसँग छलफलपछि डा. दास भन्छन्, “मेरो औषधिको परिक्षण होस्”

कोरोना भ्याक्सिनबारे डब्लुएचओसँग छलफलपछि डा. दास भन्छन्, “मेरो औषधिको परिक्षण होस्”

केन्द्रबिन्दु
0
Shares

विश्वभर कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमणको महामारी छ । तीन लाख ९३ हजार भन्दा बढीको ज्यान लिएको कोरोना भाइरसबाट ६७ लाख ५ हजार भन्दा बढी संक्रमित भएका छन् । यो सामाग्री तयार पार्दासम्म नेपालमा पनि ११ जनाको मृत्यु भइसकेको छ भने दुई हजार ३ सय ३४ भन्दा बढी संक्रमित भएका छन् ।

त्यसो त अहिले विश्व समुदाय कोरोनाभाइरसविरुद्धको औषधिको खोज अनुसन्धानमा छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म एक सय १० भन्दा बढी औषधि विभिन्न चरणको परिक्षणका क्रममा छन् । तीमध्ये १० प्रकारका औषधि मान्छेमा परिक्षण भइरहेको छ ।

हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानका सह प्रध्यापक डा. ललितकुमार दासले पनि कोरोना भाइरसविरुद्धको औषधि बनाएको दावी गर्दै आएका छन् । उनले संस्थानको प्रयोगशालामा कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटी मिलाएर खोप (औषधि) बनाएको दावी गर्दै आएका हुन् ।

डा. दासको दावीप्रति चासो दिँदै विश्व स्वास्थ्य संगठन डब्लुएचओले उनलाई एक ब्रिफिङ कार्यक्रममा सहभागि गराएका छन् । विश्वका करिव एक सय जना खोज अनुसन्धानदाताहरुको सहभागिता रहेको उक्त भिडियो कन्फरेन्स बिफ्रिङ कार्यक्रममा डा. दासले पनि सहभागि हुने अवसर पाएका हुन् ।

अध्ययन संस्थानका प्राध्यापक दामोदर गैरेको सहयोगमा डब्ल्युएचओलाई औषधिको विवरण पठाएपछि डा दासको समूहलाई कार्यक्रममा सहभागि हुने अवसर जुरेको हो ।

डब्लुएचओका प्रतिनिधिले औषधिको बारेमा दिएको जानकारी र मापदण्डले थप ज्ञान हासिल भएको डा. दासले केन्द्रबिन्दुलाई बताए । “अन्तरक्रियात्मक छलफल हुन नपाएपनि डब्लुएचओका प्रतिनिधिले दिएको सुझाव र मापदण्डबाट थप प्रोत्साहन मिलेको छ।” डा. दासले भने ।

करिव एक घण्टा लामो कार्यक्रममा डब्लुएचओले दिएको दुई वटा सुझाव निकै मननीय लागेको उनले बताए । “कुनै पनि औषधि वा खोप बनाउनुअघि भाइरोलोजी ल्यावबाट स्वीकृत हुनुपर्छ । त्यस्तै जुन देशका नागरिकले औषधि बनाएको हो त्यहि देशले डब्लुएचओमा पुर्‍याउनुपर्छ ।” प्रा. दासले भने ।

उनले आफ्नो औषधिको टेष्ट गरिदिन पनि सरकारसँग आग्रह गरेका छन् । “मेरो औषधिले काम गर्छ भन्ने मलाई पूर्ण विश्वास छ, सरकारले कम्तिमा पनि मूसामा यो औषधिको परिक्षण गरिदेओस् ।” उनले थपे, “मैले सही गरे या गलत त्यो आप्mनो ठाउँमा छ तर औषधिको परिक्षण त हुनुपर्‍यो नि।”

आफूले बनाएको औषधिको प्रारम्भिक परिक्षण गर्न पाए थप सहयोग र प्रोत्साहन मिल्ने प्रा. दासको भनाइ छ । हर्बलबाट पनि धेरै रोगको उपचार हुन सक्नेतर्फ संकेत गर्दै प्रा. दासले कुनै औषधि परिक्षण नहुँदासम्म नकारात्मक प्रतिक्रिया दिनुको अर्थ नहुने बताए । “यो अहिले नै मानवमा परिक्षण गर्ने होइन, यसमा अझ के के गर्नुपर्ने हो गरौंला तर प्राइमरी परिक्षण त गर्नुपर्‍यो ।” उनले भने ।

औषधि निर्माणको काम बिहिबार मात्रै सम्पन्न भएको बताउँदै उनले अब यसको परिक्षणको पहलका लागि अघि बढ्ने जानकारी दिए ।
भारतको बनारसस्थित एक भ्याक्सिन निर्माण कम्पनीमा काम गरेको अनुभव समेत बटुलेका प्रा. दास २०५५ सालदेखि हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानमा सह प्रध्यापककारुपमा कार्यरत छन् ।

Skip This
Skip This
Logo