उच्चस्तरीय समितिद्वारा विदेशबाट ल्याइने नागरिकको व्यवस्थापनका बारेमा छलफल

उच्चस्तरीय समितिद्वारा विदेशबाट ल्याइने नागरिकको व्यवस्थापनका बारेमा छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशबाट फर्किएका नेपाली नागरिकको व्यवस्थापनमा प्रदेश सरकारले गरेको तयारीको सम्बन्धमा जानकारी लिएको छ ।

विदेशबाट आउँदै गरेका नेपालीको व्यवस्थापनका लागि प्रदेश सरकारहरुले गरेको तयारीको विषयमा समितिका संयोजक उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रदेश सरकारसँग समन्वय गर्न तोकिएका संघीय मन्त्रीहरुसँग जानकारी लिएका हुन् । समितिका सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले आज (शुक्रबार) देखि विदेशबाट आउँदै गरेका नेपाली नागरिकहरुलाई काठमाडौंमा होल्डिङ स्टेसनमा राख्नेदेखि प्रदेश र स्थानीय तहसम्म पठाउने विषय र प्रदेशमा भएको तयारीको विषयमा जानकारी लिने काम भएको बताए । पूर्वनिर्धारीत कार्यक्रम अनुसार मन्त्रीहरुबीच कार्यान्वयनको विषयमा एकअर्कामा जानकारी दिने काम भएको उनले बताए । उनले हवाई उडानबाट अवतरण भएपछि नेपाली सेना र सुरक्षा अधिकारीबाट व्यवस्था भएको बसबाट काठमाडौंको होल्डीङ सेन्टरसम्म पु¥याउने र केही घण्टाको आरामपछि प्रदेशमा पठाइने बताए ।

विदेशबाट अलपत्र परेका नेपाली नागरिकको उद्दार गर्ने कार्य आजदेखि सुरु भइसकेको उनले बताए । उनले शुक्रबार पहिलो चरणमा म्यानबाटरबाट २६ जना नागरिक आइसकेको र दिउसो युएईबाट समेत आउने बताए । विदेशबाट उद्दार गरी नेपाल ल्याइएका नागरिकको व्यवस्थापनको काम कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को संयोजनमा हुनेछ ।

Logo