विश्व शान्तिको कामना गर्दै मच्छिन्द्रनाथ मन्दिरमा दीप प्रज्वलन

विश्व शान्तिको कामना गर्दै मच्छिन्द्रनाथ मन्दिरमा दीप प्रज्वलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्व शान्तिको कामना गर्दै ललितपुरस्थिति मच्छिन्द्रनाथको मन्दिरमा दीप प्रज्वलन गरिएको छ ।

न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देवता मच्छिन्द्रनाथको मन्दिरमा १ सय ८ दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेको हो । समितिका अध्यक्ष आशारत्न शाक्यले विश्वभर फैलिदै गएको कोभिड–१९ महामारीको निवारणका लागि प्रार्थना र विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको बताए ।

उनले मच्छिन्द्रनाथसँग विश्वभर शान्ति अमनचयन कायम गर्ने शक्ति रहकोले दीप प्रज्वलन गरी प्रार्थना गरिएको बताए । मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजाआजा गरी दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनका लागि समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष शाक्यले बताए ।

Logo