आज केही स्थानमा वर्षाको सम्भावना

 आज केही स्थानमा वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

आज बिहानैदेखि सामान्य बदली भई केही स्थानमा बढी चिसो र केही स्थानमा वर्षाको सम्भावना रहेको राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । साथै, बाँकी प्रदेशमा सामान्यतया सफा रहने बताइएको छ । यसैगरी, प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू–भागहरू साथै सुदुर पश्चिम प्रदेशका तराइका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Logo