लकडाउनको आज ६७ औं दिन (भिडियाेसिहत)

लकडाउनको आज ६७ औं दिन (भिडियाेसिहत)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आज (शुक्रबार) लकडाउनको ६७ दिन पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ ।

जेठ २० गते मंगलबार मध्यरात सम्मका लागि लकडाउनको अवधि तोकिएको छ । लामो समयसम्म लकडाउन भएपछि जनजीवन भने प्रभावित भएको छ । लकडाउनका कारण काठमाडौं उपत्यका भित्रका मुख्य सडकमा अत्यावश्यक ढुवानी तथा सेवाका सवारी साधन, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका सवारीसाधन चलेका छन् । पछिल्लो केही दिन यता संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षाकर्मीले सवारीसाधन सञ्चालनमा कडाई गरेको छ । प्रहरीले अत्यावश्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरेको छ । मुख्य सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिन्छ । उपत्यकाका भित्रि सडक क्षेत्रमा रहेका खाद्य सामग्री तथा तरकारीका पसलहरु खुलेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर अत्यावश्यक खाद्य सामग्री खरिद गरेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको प्रेस ब्रिफिङ अनुसार नेपालमा कुल १ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ । जसमध्ये १ सय ८७ जना निको भएका छन भने ५ जनाको मृत्यु भएको छ । यस्तै कुल ६० हजार ९ सय १६ जनाको पीसीआर परिक्षण भएको छ । कुल ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ सय ५० जना आइसोलेसनमा रहेका छन् ।

Skip This
Skip This
Logo