नम्बर परिवर्तन गरि चोरीको मोटरसाइकल चलाउने एक जना पक्राउ

नम्बर परिवर्तन गरि चोरीको मोटरसाइकल चलाउने एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीको वास्तविक नम्बर परिवर्तन गरी चोरीको मोटरसाइकल चलाउने एक जनालाई पक्राउ गरेको छ ।

पीडित सहायत ईकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरी टोलीले शुक्रबार बाईसधारास्थित सडकखण्डबाट नुवाकोटका २८ वर्षीय अनिल तामाङलाई पक्राउ गरेको हो । काठमाडौँको रामकोटबाट बा ६३ प २६६ नम्बरको रातो रंगको पल्सल मोटरसाइकल हराएको भनी रामेछापका कुलबहादुर श्रेष्ठले महाशाखामा निवेदन दिएको आधारमा सो मोटरसाइकलको खोजी गरिएको थियो ।

पक्राउ पर्ने तामाङका विरुद्ध आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

Skip This
Skip This
Logo