काठमाडौं ।
कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लकडाउनको आज ६३ दिन पुगेको छ ।
गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ । नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन थप कडाई गर्न थालिएको छ । उपत्यकाका मुख्य सडकहरु र भित्रि सडकहरुमा अत्यावश्यक र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन् । प्रहरीले ठाउँठाउँमा चेकजाँचमा कडाई गरेको छ । उपत्यकाको भित्रि गल्लीमा बिहान र बेलुकीको समयमा केही खाद्यान्न र तरकारी पसलहरु खुला रहेपनि दिउँसोको समयमा भने सुनसान छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मात्रै ७२ जना नयाँ संक्रमित भेटिएका छन् । आज काठमाडौं उपत्यकामा मात्रै तीन जनामा संक्रमण देखिएको छ । रौतहटमा २६ र बारामा २३ जनामा आज संक्रमण दखिएको छ ।
सरकारले आइतबारसम्म पीसीआर विधिबाट ४८ हजार ८ सय १५, र आरडिटी विधिबाट ९० हजार २६ नमुना परीक्षण गरेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८ सय ५६ र आरडिटी विधिबाट ३ हजार ७ सय ९१ जनाको नमुना परीक्षण भएको छ । प्रदेश नम्बर १ मा १० हजार २ सय ५४, प्रदेश नम्बर २ मा ६ हजार ३ सय ४४, बागमती प्रदेशमा २२ हजार ८ सय ११ र गण्डकी प्रदेशमा ७ हजार ७ सय १ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा १३ हजार २ सय ६७, कर्णाली प्रदेशमा ९ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० जनाको आरडिटी परीक्षण भएको छ ।
अहिले प्रदेश नम्बर १ मा १ हजार ४ सय ५०, प्रदेश नम्बर २ मा ८ हजार २ सय ३८, बागमती प्रदेशमा ५ सय ६२ र गण्डकी प्रदेशमा ८ सय ८२ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १९ हजार ५ सय २५, कर्णाली प्रदेशमा ३ हजार ४ र सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ४३ जना गरी देशभरी ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रदेश नम्बर १ मा ६०, प्रदेश नम्बर २ मा १ सय ६६, बागमती प्रदेशमा २४ र गण्डकी प्रदेशमा ३ जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा २ सय ४७, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ९ जना गरी ५ सय १३ जना आइसोलेसनमा उपचाररत रहेका छन् । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया