कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा एक जनाको मृत्यु भएको छ।
उनी सिन्धुपाल्चोककी सुत्केरी महिला भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। कोभिड-१९ का कारण नेपालमा पुष्टि भएको यो पहिलो मृत्यु हो।
उनी केही दिनअघि मात्र काठमाण्डूस्थित शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए।
घर फर्किएपछि ती महिला बिरामी परेकी र उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको बताइएको छ।

यस्तै नेपालमा हाल सम्म संक्रमितको संख्या २८१ पुगेको छ । यस मध्ये ३६ जना निको भएका छन् ।































प्रतिक्रिया