कुनै घटनामा संलग्न अपराधी पत्ता लगाउन कुकुरको प्रयोग गरेको त तपाईले सुन्नु भएकै होला । तर, बेलायतमा कुकुरको सहयोगबाट कोरोना भाइरसको परिक्षण शुरू गरिने भएको छ ।
बीबीसीका अनुसार बेलायतका विशेषज्ञ मेडिकलले स्निफर कुुकुरहरू यस कामको लागि उपयुक्त भएको उल्लेख गरेको छ । यस परीक्षणका लागि बेलायत सरकारबाट करिब ५ करोड डलर बराबरको कोष समेत खडा गरिएको छ ।
“यी कुकुरहरुसँग सुँघ्न सक्ने क्षमता अधिक हुने भएकाले सार्वजनिक स्थानहरुमा कोरोना संक्रमित मानिसहरुलाई पहिचान गर्न सक्छन् ।” विज्ञहरुले भनेका छन् । विश्वका धेरै देशहरूमा यस्ता सुँघ्ने कुकुरहरुलाई क्यान्सर, मलेरिया र पार्किन्सन जस्ता रोगहरुबाट पीडितहरुको पहिचान गर्न प्रशिक्षण दिईन्छ ।
छनौटमा ल्याब्राडोर र ककर स्पेनीयल प्रजातिका कुकुरहरु
कोरोना भाइरस परिक्षणका लागि ल्याब्राडोर र ककर स्पेनीयल प्रजातिका कुकुरहरुलाई छनौट गरिएको छ । पहिलो परिक्षण लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा शुरू गरिनेछ ।
यसका लागि मेडिकल डिटेक्शन ड्रग्स र डरहम यूनिभर्सिटीले पनि सहयोग गरेका छन् । पहिलो चरणमा कुकुरहरु कोभिड १९ संक्रमित व्यक्तिको गन्ध सुँघ्न सक्षम छन् कि छैनन् साथै लक्षणहरु देख्नुअघि मानिसमा भाइरस छ कि छैन भन्ने कुरा पत्ता लगाउँन सक्छन् कि सक्दैनन् भनेर परिक्षण गरिनेछ ।
कुकुरले हरेक घण्टा २२ स्क्रीनिङ गर्न सक्छ
बेलायतका स्वास्थ्य तथा सामाजिक सेवा विभाग मन्त्री लार्ड बेथेलले यो परीक्षण आफ्नो परिक्षणको रणनीतिलाई गति दिने सरकारको प्रयासमा एक हिस्सा भएको बताएका छन् ।
कुकुरहरुले मेशिन भन्दा छिटो परिणामहरू दिन सक्ने कुरामा उनीहरु आशावादी रहेका छन् । एउटा जिव पत्ता लगाउन सक्ने कुकुरले हरेक घण्टा २२ व्यक्तिको स्क्रिन गर्न सक्छन् । त्यसैले कुकुरहरु भविष्यमा कोभिड १९ संक्रमित पहिचान गर्न प्रयोग हुने दावी गरिएको छ ।
पहिलो चरणमा गन्धका नमुनाहरु र कुकुर प्रशिक्षण
पहिलो चरणको परिक्षणमा एनएचएसका कर्मचारीहरुले लण्डनका अस्पतालहरुमा कोरोना भाइरस संक्रमणबाट बाँचेका व्यक्तिहरुबाट गन्धका नमुनाहरु संकलन गर्नेछन् । यसपछि यी दुई प्रजातिका कुकुरहरुलाई नमुना सुँघाएर भाइरस पहिचान गर्न प्रशिक्षण दिइनेछ ।
१० वर्षको अनुसन्धान
द मेडिकल डिटेक्शन ड्रग्सका सह–संस्थापक र मुख्य कार्यकारी डाक्टर क्लेरी गेस्टले भनेकाछन् ‘यी कुकुरहरुले कोभिड १९ संक्रमितहरुको पहिचान गर्न सक्छन् भन्ने कुरामा हामी पूर्णरुपमा आशावादी छौं। किनकी हाम्रो विगत १० वर्षको अनुसन्धानले पत्ता लगाएका छौं, कि कुकुरहरुले गन्ध सुँघेर रोगको पहिचान गर्न सक्छन्।’

दोस्रो चरणमा हामी मैदानमा उत्रिनेछौं
लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक जोम्स लोगनले भनेका छन्- ‘हाम्रो अनुभवबाट पत्ता लागिसकेको छ । कुकुरहरुले संक्रमित व्यक्तिहरुको विशेष गन्धबाट पहिचान गर्न सक्छन् । हामीले कुकुरहरुलाई सफलताका आधारमा मलेरिया बिरामीहरुलाई पत्ता लगाउँन प्रशिक्षण दिइसकेका छौं । यस अनुभव र जानकारीको आधारमा यो भन्न सकिन्छ कि फोक्सो सम्बन्धित रोगहरुमा पनि शरिरबाट विशेष गन्ध आउँछ । त्यसैले हामी यी कुकुरहरुबाट आशावादी छौं । यिनीहरुले कोभिड १९ संक्रमित पहिचान गर्न सक्नेछन्।’
यदि यी कुकुरहरुले पहिलो परिक्षणमा राम्रो परिणाम दिए एजेन्सीहरूको साथमा दोस्रो चरणमा लैजाने तयारी गरिएको छ ।































प्रतिक्रिया