काठमाडौं । सरकारले प्रयोगशाला परीक्षणसहितको केन्द्रीय र प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने कार्यक्रम घोषणा गरेको छ । शुक्रबार सरकारको आव्हानमा राष्ट्रपतिले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । प्रयोगशाला परीक्षण सेवासहितको ३ सय शय्याको केन्द्रीय र ५० शय्याको प्रदेश स्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने जनाइएको छ ।
त्यस्तै प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शय्याको अस्पताल र अञ्चल अस्पतालाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नती गर्ने सरकारले लक्ष्य राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन् ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको आव्हानमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।





























प्रतिक्रिया