काठमाडौं । सरकारले ४० वर्ष भन्दा माथिका व्यक्तिको स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने जनाएको छ । शुक्रबार सरकारको आव्हानमा राष्ट्रपतिले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको आव्हानमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।
त्यस्तै सरकारले विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस विरुद्ध प्रभावकारी कदम चालिएको जनाएको छ । साथै सरकारले स्याटेलाइट अस्पतालको व्यवस्था गर्ने घोषणा गरेको छ ।





























प्रतिक्रिया