“कोरोना संक्रमित बढ्ने छ”- डा. शेरबहादुर पुन  

“कोरोना संक्रमित बढ्ने छ”- डा. शेरबहादुर पुन  

केन्द्रबिन्दु
0
Shares

संक्रामक राेग विशेषज्ञ तथा टेकु अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्ने बताएका छन् ।

उनले आज गरेको एक ट्वीटमा यस्तो उल्लेख गरेका हुन्। उनले अस्पतालमा बेडको अभाव हुने पनि आंकलन गरेका छन्। ‘कोरोना संक्रमित बढ्नेछ, तर बिनालक्षण संक्रमितलाई अस्पताल ल्याउदै राख्दा हाल भएका अस्पताल बेडको अभाब हुने निश्चित प्राय पनि देखिन्छ।’ उनले लेखेका छन्।

लक्षणविहीन भएकाहरुलाई अरु कुनै उपायमार्फत निगरानी गर्ने (टेस्ट गर्ने) र लक्षण देखिएकाहरुलाई (उपचार चाहिने भएकोले) मात्र अस्पताल भर्ना गरे कस्तो होला ? भनेर प्रश्न समेत गरेका छन् ।

Logo