नीलडेभिडको व्यवस्थापकिय कार्यभार अब छोरा डेनियलले सम्हाल्ने

नीलडेभिडको व्यवस्थापकिय कार्यभार अब छोरा डेनियलले सम्हाल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ ।

नेपाल तथा भारतमा लामो समयबाट सेलिब्रेटी हेयर स्टाईलिसको रुपमा स्थापित अन्तर्राष्ट्रिय हेयर स्टाईलिस निलडेभिड कटवालले विहिबार मकर संक्रान्तिको अवसरमा सलोनको नयाँ फ्रेन्चाईजको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा गायक प्रमोद खरेल, गायिका ईन्दिरा जोशी, होस्ट सुशिल नेपाल लगायत उपस्थित भएका थिए भने आगामी दिनहरुका लागि शुभकामना पनि व्यक्त गरेका थिए ।

काठमाडौं मलको पहिलो तल्लामा खोलिएको उक्त ब्रान्च नीलडेभिडका छोरा डेनियलको डिजाईनमा बनाईएको हो । त्यतिमात्र नभई १८ वर्षे डेनियलले आजबाट निलडेभिड सलोनका सम्पूर्ण व्यवस्थापकिय कार्यभार पनि सम्हाल्ने भएका छन् । भारतको पुणेबाट सलोन म्यानेजमेन्ट तथा फ्रेन्चाईज म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरेका डेनियलले निलडेविड्स ब्रान्डलाई थप उचाईमा पुर्याउने विश्वास राखेका छन् ।

यसैबीच डेनियलले नेपालमा साना शहरहरुका लागि लक्षित गर्दै आफ्नो नयाँ ब्राण्ड केश द हेयर शप समेत ल्याउने भएका छन् । १२ देखि १५ लाख रुपैँयासम्मको बजेटमा ३ सयदेखि ५ सय स्क्वायर फिटमा सलोन बनाउन सकिने डेनियल बताउँछन् ।

Logo