लकडाउन जेठ ५ गतेसम्म रहने

लकडाउन जेठ ५ गतेसम्म रहने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले १० दिन लकडाउनको समय थप्ने निर्णय गरेको हो ।

लकडाउनको विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसेको थियो । पछिल्लो पटक थपिएको लकडाउनको म्याद विहिबार सकिंदै गर्दा सरकारले अरु १० दिन समय थप्ने निर्णय गरेको हो ।

यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकले सरकारलाई लकडाउन हटाउन नसकिने भन्दै निरन्तरता दिन सिफारिस गरेको थियो ।

Logo