लकडाउन थपिने सरकारको संकेत, निर्णय भोलि हुने

लकडाउन थपिने सरकारको संकेत, निर्णय भोलि हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय विहिबार सकिंदै गर्दा पुनः थपिने संकेत गरेको छ ।

आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय थप्ने संकेत गरेको हो । तर यस विषयमा टुंगो लागि सकेको छैन । बुधबार बस्ने मन्त्रिपरिषदको बैठकले यसको निधो गर्ने बताइएको छ ।

यस अघि पटक पटक गरि लकडाउन थपिएको भएपनि नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आज मात्रै थप ७ जना कोरोना संक्रमित फेला परेसँगै ८२ जना पुगेको छ । १६ जना भने निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Logo