संसद बैठकलाई कोरोना सङ्क्रमणमुक्त बनाउन छलफल

संसद बैठकलाई कोरोना सङ्क्रमणमुक्त बनाउन छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को बैठकलाई कोरोना सङ्क्रमणबाट सुरक्षित बनाउने उपायका बारेमा आज जानकारहरुसँग छलफल गरेका छन् ।

सभामुखको कार्यकक्षमा आज उनीहरुले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डे र सिभिल अस्पताल काठमाडौँका निर्देशक डा दीर्घराज आरसीसँग छलफल गरेका सभामुखको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद् अन्तर्गतका सभाहलमा माननीय सदस्यका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारको सामाजिक दूरी कायम हुने गरी बसाइ व्यवस्थापनको काम भइरहेको छ । सङ्घीय संसद्को छैठौँ बैठक वैशाख २६ गते अपरान्ह ४ बजेका लागि आह्वान भएको छ ।रासस

Logo