नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु

नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चार बजेका लागि तय गरिएको सचिवालय बैठक सार्दै राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किए लगत्तै नेकपाको सचिवालय बैठक शुरु भएको छ ।

सचिवालय बैठक अघि प्रधानमन्त्री शितल निवास गएका थिए । यस अघि प्रधानमन्त्रीले उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग भेट पनि गरेका थिए ।

यसअघि सचिवालय बैठक बुधबार बसेको थियो । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि सचिवालय बैठक बोलाइएको हो । ३ घण्टा बसेको बुधबारको सचिवालय बैठकमा कुनै ठोस निर्णय हुन नसकेपछि बैठक आज बस्ने गरि सकिएको थियो ।

सरकारले अध्यादेश जारी तथा फिर्ता गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको हो । पछिल्लो समय नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

तस्बिर– सूर्य थापाको फेसबुकवाट

Logo