रहेनन् अभिनेता ऋषि कपूर

रहेनन् अभिनेता ऋषि कपूर

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।  बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको अभिनेता अमिताभ बच्चनले पुष्टि गरेका छन् ।

‘उनी गए.. ऋषि कपूर… गए..अहिले भर्खर बिते…म विक्षिप्त भएको छु ।’ उनले लेखेका छन्।

कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनी क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष बसेका थिए ।

६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो ।

यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो ।

Logo