नेकपाबाट निर्वाचित २ वडाध्यक्षको एकैदिन निधन

नेकपाबाट निर्वाचित २ वडाध्यक्षको एकैदिन निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आगलागीमा परी गम्भीर घाइते भएका बागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ का वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ । काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

छिमेकी गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर बजारमा रहेको शर्माको पसलमा वैशाख ८ गते आगलागी हुँदा खनाल, उनकी श्रीमती रुपा र छोरा सञ्जय घाइते भएका थिए। सोही घटनामा परी शर्माका कान्छा छोरा १५ वर्षीया समीरको घटनास्थलमै ज्यान गएको थियो ।

खनालसहित घाइते तीनै जनालाई सोही दिन पाल्पाको मिसन अस्पताल हुँदै थप उपचारका लागि काठमाडौँ पुर्याइएको थियो । “उहाँको अवस्था सुधारोन्मुख थियो, अकस्मात मुटुमा समस्या आई निधन भएको खबर आयो”, अध्यक्ष शर्माले भन्नुभयो, “शव परीक्षण प्रतिवेदनपछि सबै जानकारी आउला ।”

खनालकी श्रीमती र छोरा सञ्जयको अवस्था भने सुधारोन्मुख छ । आगलागीका कारण पसलसहित घर पूर्णरुपमा क्षति भएको छ । खनाल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष चौधरीको निधन

यस्तै बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर चौधरीको आज निधन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित चौधरीको उच्च रक्तचापका कारण भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा निधन भएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले जानकारी दिए ।रासस

Skip This
Skip This
Logo