बर्दिबासमा बस दुर्घटना, सहचालकको मृत्यु

बर्दिबासमा बस दुर्घटना, सहचालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बर्दिबास ।

महोत्तरीको बर्दिबासमा आज विहान बस दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । बा ३ ख ४०३६ नम्बरको बसमा शुक्रबार राति साढे १० बजे काठमाडौंबाट उदयपुरका लागि छुटेको थियो ।

काठमाडौंमा अलपत्र परेकाहरुलाई लिएर उदयपुर जाँदै गरेको सो बस आज बिहान बर्दिबासमा दुर्घटनामा परेको हो ।

बस पल्टिन लागेको थाहा पाएपछि ढोका खोलेर हामफाल्न खोज्ने सह–चालक बाबुराम विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उदयपुरको चौडण्डी नगरपालिकाले लकडाउनमा अलपत्र परेका मजदुरलाई लैजाने क्रममा बस दुर्घटना भएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

Skip This
Skip This
Logo