बिहीबार थप तीनजना कोरोना संक्रमित थपिएका छन् । बिहिबार दिउँसो २ जना र साँझ एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । त्यस्तै अहिले संक्रमित मध्ये १० जना निको भएर घर फर्किएको उनले बताए। बाँकीको देशका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
अहिलेसम्म पिसिआर विधिबाट ९ हजार १ सय ९९ जनाको परीक्षण भएको छ । यसैगरी आरडिटी विधिबाट ३४ हजार ५ सय २३ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५ वटा नयाँ परीक्षण भएका छन् ।
प्रदेश नम्बर १ मा ३ हजार ५ सय ९२, प्रदेश नम्बर २ मा ४ हजार ५ सय २९ र बागमती ६ हजार १ सय ५५ वटा परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ५ सय ५५, प्रदेश नम्बर ५ मा २ हजार ७ सय ५६, कर्णाली प्रदेशमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय १ जनाको आरडिटी परीक्षण भएको छ ।
अहिले देशभरी १० हजार ५ सय ७३ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ४ र बाहिर ८२ जना गरी ८६ जना आइसोलेसनमा रहेका छन् ।





























प्रतिक्रिया