क्वारेण्टाइन महिला मैत्री हुनुपर्ने राष्ट्रिय मदरसा संघको माग

क्वारेण्टाइन महिला मैत्री हुनुपर्ने राष्ट्रिय मदरसा संघको माग

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले मुलुक लकडाउनको स्थितिबाट गुज्रिरहेको छ । यसै क्रममा बिदेशबाट आएका मानिसहरुलाई क्वारेण्टाइनमा राखेर कोरोना संक्रमण छ कि छैन र संक्रमित भेटिए आइसोलेशनमा लगेर उपचार गर्ने गरिएको छ ।

तर यस्तो महामारीले आक्रान्त भएको बेलामा पनि देशमा महिलाहरु बलात्कृत भएका घटनाहरु बढ्दै गएपछि राष्ट्रिय मदरसा संघ नेपालले यसप्रति घोर बिरोध जनाएको छ ।

संघले यस्तो स्थिति आउन नदिन क्वारेण्टाइन महिला मैत्री हुनु पर्ने बताएको छ । क्वारेन्टाइन महिला र पुरुषका लागि छुट्टा छुट्टै भवनमा हुनु पर्ने या महिलाहरुको अलग वार्ड हुनु पर्ने संघले माग गरेको छ ।

महिलाहरुले क्वारेण्टाइनमा रहँदा सुरक्षित रहन पाउनु पर्छ भन्दैसरकार र सरोकारवालासँग राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनी अल्कुफी र महासचिव मौलाना मसुद खाँ नेपालीले संयुक्त विज्ञप्ती मार्फत माग गरेका छन् ।

Logo