काठमाडौं ।
देश लकडाउनमा रहेकाले अहिले फाष्टफुड रेस्टुरेन्टहरु बन्द रहेका छन् । रेस्टुरेन्टहरु बन्द हुँदा यस क्षेत्रमा काम गर्ने मजदुरहरु समस्यामा परेको भन्दै फास्टफुड एसोसिएसन नेपालले उनीहरुलाई राहत वितरण गरेको छ ।
एसोसिएसनका महासचिव होमराज श्रेष्ठका अनुसार एसोसिएसनका ३०० सदस्यमध्ये १२३ वटा रेस्टुरेन्टमा काम गर्ने ४५० जना कर्मचारीहरूलाई राहत वितरण गरिएको हो ।
लकडाउन भएपछि घर जानबाट रोकिएर काठमाडौं उपत्यकामा अलपत्र परेका ४५० जनालाई चामल, तेल, नुन र दाल प्रदान गरिएको अध्यक्ष केशरबहादुर श्रेष्ठले बताए ।
उपाध्यक्ष राजकुमार श्रेष्ठ, रमिला श्रेष्ठ, कोषाध्यक्ष नवीन श्रेष्ठ र सदस्य टेकबहादुर श्रेष्ठ लगायतले खाद्यान्न वितरण गरेका थिए ।
































प्रतिक्रिया