कोरोना भाइरसका लक्षणहरू परिवर्तन हुँदै, ४ महिनामा १५ भन्दा बढी नयाँ लक्षण

कोरोना भाइरसका लक्षणहरू परिवर्तन हुँदै, ४ महिनामा १५ भन्दा बढी नयाँ लक्षण


काठमाडौं ।

सामान्यतया खुट्टामा देखिने रंग पनि कोरोना संक्रमणको लक्षण हुन सक्छ । यो दाबी इटाली र स्पेनका विज्ञहरूले गरेका छन् । यी दुई देशहरुमा जसको औंलामा गहिरो घाउ भएको थियो, उनीहरुलाई कोरोना पोजिटिभ पनि पाइएको छ ।

यी लक्षणहरू विशेष गरी बच्चाहरू र किशोर किशोरीहरूमा देखिएको छ । विश्वभर जुन गतिमा कोरोना भाइरसको दायरा फैलिरहेको छ । त्यही अनुरुप लक्षणहरुमा पनि बदलाव आइरहेको छ । विश्वभरमा भइरहेको रिसर्चका अनुसार पछिल्लो ४ महिनामा कोरोनाका १५ वटा भन्दा नयाँ लक्षणहरु देखिएका छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यसखालका केसहरूको संख्या बढ्दो छ जसमा उनीहरूलाई कोरोनाको सामान्य लक्षणहरू सम्म पनि देखिदैनन् । जस्तै ज्वरो, मांसपेशीहरू दुखाई र सास फेर्न समस्या आदि । संक्रमणको सुरूवातमा, त्यस्ता परिवर्तनहरू देखिन्छन् जुन मानिसहरू संक्रमणका लक्षणहरू बुझ्न सकिरहेका छैनन् जस्तै गन्ध थाहा नपाउनु, टाउको दुख्ने, बोल्दा बोल्दै होस गुमाउनु, पेटमा दुखाइ र दिमागमा रगतका थोपा जम्नु । विशेषज्ञहरूबाट थाहा पाउनुहोस् कुन कुन लक्षणहरूबाट सतर्क हुनुपर्दछ ?

४ वटा यी केसहरु जसले कोरोनाको भयावह अवस्थाको चित्रण गर्दछन् :

केस नं १ः पहिले खुट्टामा गाढा रंगको घाउ, त्यसपछि शरीर चिलाउने र दुखाइ ।

इटालीमा कोरोना संक्रमणको शुरुआतमा एक १३ बर्षे बच्चामा यस्तो केस पहिलो पल्ट देखियो । उनको खुट्टामा कालो घाउ थियो जुन एउटा माकुराले टोकेको जस्तो निशान थियो । घाउ बढ्दै गएपछि उनलाई ८ मार्चमा अस्पताल लगिएको थियो । दुई दिन पछि, ज्वरोको लक्षण, टाउको दुख्ने, शरीर चिलाउने, घाउ पोल्ने, मांसपेशी दुख्ने समस्या देखियो । इटालीमा कोरोनाको पहिलो केस रिपोर्ट भएको पाँच हप्ता पछि एउटा रिपोर्ट जारी गरिएको थियो । जसमा बताइएको थियो कि अस्पतालमा हरेक पाँच जना बच्चा मध्ये एक बच्चाको छालामा फरक फरक परिवर्तन देखिरहेका छन् ।

स्पेनिस जनरल काउन्सिल अफ पेडियाट्रिक्स कलेजमा ७५०० प्रोफेशलन व्यक्तिहरु छन् । तिनीहरूले त्यस्ता डाटा तयार गरेका थिए, यी बच्चाहरुमा अध्ययन गरिएको थियो जसको खुट्टामा घाउ भएका थियो । काउन्सिलले देखाएको प्रतिवेदनहरुमा त्यस्ता घटनाहरू इटाली, स्पेन र फ्रान्समा कोरोना संक्रमित बिरामीहरूमध्ये सबैभन्दा बढी बच्चाहरू भएको बताइएको छ ।

केस नं २ः फुड पोइजनिङबाट संक्रमण तिर इशारा

चीनबाट प्राप्त तथ्याङ्क अनुसार ५० प्रतिशत कोरोना बिरामीहरूमा पेट दुख्ने, बान्ता र पखालाजस्ता लक्षणहरू देखिएका थिए । अमेरिकी जर्नल अफ ग्यास्ट्रोएन्ट्रोलोजीमा प्रकाशित अनुसन्धानका अनुसार चीनको हुबेई प्रान्तमा कोरोनाका २०४ बिरामीहरूमा गरिएको अनुसन्धानमा यसको पुष्टि भएको हो । लन्डनको बलहम निवासी इस्ला हस्लामले द सनको रिपोर्टमा आफ्नो अनुभव बताएकी थिइन् ।

इस्ला भन्छिन्, ‘जब उनी कोरोना भाइरस संक्रमणसँग संघर्ष गरिरहेकी थिइन, उनको पेटमा अनौंठो पीडा महसुस भयो जुन संक्रमणको पहिलो लक्षण थियो । एक दिन म बिहान उठेँ । फुड पोइजनिङ भएको जस्तो महसुस गरे । केही घण्टापछि, घाँटी सुनियो र सास फेर्न गाह्रो जस्ता लक्षण देखा पर्यो । राति नाक पूर्णरूपमा बन्द थियो । त्यो धेरै डरलाग्दो अनुभव भएको थियो । शरीर कडा हुँदै गइरहेको थियो र ज्वरोसँगै भारीपन भइरहेको थियो ।’

केस नं ३ः दक्षिण कोरियामा स्वाद थाहा नपाउने प्रारम्भिक लक्षण

गन्ध वा वास्ना सुँघ्न नसक्नु पनि कोरोना संक्रमणको प्रारम्भिक लक्षण हो । ब्रिटिश राइनोलोजिकल सोसाइटीका अध्यक्ष निर्मल कुमारका अनुसार दक्षिण कोरिया, चीन र इटालीका कोरोना पीडितहरूमा यो कुरा पुष्टि भएको हो । अनुसन्धान रिपोर्टका अनुसार दक्षिण कोरियामा कोरोनाबाट पीडित ३० प्रतिशत व्यक्तिहरूमा गन्ध थाहा नपाउनु सबैभन्दा प्रमुख लक्षण थियो ।

ज्वरो, खोकी र सास फेर्न कठिनाई बाहेक यो पनि एक महत्वपूर्ण लक्षण हो जुन संक्रमण पहिचान गर्न सहयोगी हुन सक्छ । अमेरिकन एकेडेमी अफ ओटोलेरिंगोलजीद्वारा पनि यस्तै रिपोर्ट जारी गरिएको थियो । अमेरिकी एकेडेमीको रिपोर्ट अनुसार यस्तो लक्षण देखा पर्ना साथ ढिलाइ नगरी चिकित्सकको सल्लाह लिनु पर्छ ।

केस नं ४ः बोल्दा बोल्दै होस हराउनु र आफ्नो नाम समेत भन्न नसक्नु

अमेरिकाको मिशिगन एयरलाइन्समा कार्यरत एक ५० वर्षिया महिला कोरोना संक्रमित भइन् । उनले अवस्स्थालाई केहि बुझ्न सकिनन् । उनले डाक्टरलाई टाउको दुखाइको समस्या भनिन् र मुश्किलले डाक्टरलाई आफ्नो नाम बताउन सकिन् । जब मस्तिष्क स्क्यानिंग गरियो तब यो पत्ता लाग्यो कि दिमागका धेरै भागहरूमा अलग किसिमले सुनिएको थियो ।

मस्तिष्कको एक भाग केही खराब भइसकेको थियो । इटालीको ब्रसिका युनिभर्सिटीको अस्पतालमा आबद्ध डा.एलेसेन्ड्रो पेडोवानीका अनुसार इटाली र विश्वका अन्य भागका चिकित्सकहरूले कोरोनाका बिरामीहरूमा पनि यस्तै परिवर्तन देखेका थिए । यसमा मस्तिष्क स्ट्रोक, मस्तिष्कमा आक्रमण, इन्सेफलाइटिसको लक्षण, दिमागमा रगतको थोपा जम्नु जस्ता लक्षणहरु सामेल छन् । केहि अवस्थाहरूमा ज्वरो र सासको दुखाइ जस्ता लक्षणहरू देखाउनु अघि कोरोना बिरामी असंवेदनशील हुन्छन् ।

कोरोनाका बदलिंदो लक्षणहरु

कोरोना महामारीको शुरुमा, विश्व स्वास्थ्य संगठन र रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले यसका लक्षणहरूको बारेमा एडभाइजरी जारी गरेका थिए । जस अनुसार, ज्वरो, सास फेर्न समस्या, खोकी, गम्भीर छाती दुखाई, अनुहार वा ओठ निलो हुनु , संक्रमणको लक्षण थिए । तर पछिल्ला ४ महिनामा देखा परेका धेरै यस्ता लक्षणहरू छन् , यसलाई बुझ्नु महत्वपूर्ण छ ।

अब पेट दुख्नु, गन्ध वा स्वाद थाहा नपाउनु, लगातार टाउको दुख्ने, खुट्टामा बैजनी रंगको घाउ हुनु जस्ता लक्षण छ भने, यसलाई बेवास्ता नगर्नुहोस् र चिकित्सकसँग सल्लाह लिनुहोस् ।

(एजेन्सीको सहयोगमा दिपक बिकको रिपोर्ट)

Logo