ट्रम्पको आलोचनादेखि यातायात व्यावसायीको पीडासम्म (भिडियोसहित)

ट्रम्पको आलोचनादेखि यातायात व्यावसायीको पीडासम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओलाई दिँदै आएको आर्थिक सहायता रोक्न निर्देशन दिएका छन् । उनले विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण रोक्ने सन्दर्भमा डब्लूएचओले न्यूनतम दायित्व पूरा गर्न नसकेकाले आर्थिक सहायता रोक्न निर्देशन दिएको बताएका छन् ।

गण्डकी प्रदेश सरकारले विश्वभर फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण रोकथाम तथा निणन्त्रणका लागि पृथक पहल थालेको छ । कोरोना रोकथाम गर्ने सबैभन्दा उपयुक्त तरिका सामाजिक दूरी कायम राख्ने भएकाले क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई दैनिक ५ सय १० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै कोरोना भाइरस संक्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् । अधिकांस होम क्वारेन्टाइनमा बस्दै आएका केही निर्धारित समय क्वारेन्टाइनमा बसी घर गएकाले त्यहाँका क्वारेन्टाइन एक हप्तादेखि खाली भएका हुन् ।

गृहमन्त्रालयले लकडाउनको समयमा प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधन लकडाउन पछि मात्र फिर्ता गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन पछिमात्रै फिर्ता गर्ने गरी ६ हजार ७ सय ३३ सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको बताए ।

त्यस्तैगरी काठमाडौं जिल्ला प्रशासनले अब मृत्यु संस्कारमा जाने परिवारका सदस्यलार्य मात्र अत्यावश्यक पास दिने निर्णय गरेको छ । सवारी साधनको पास लिने नाममा भीडभाड बढ्दै गएको र पासको दुरुपयोग पनि बढ्दै गएकाले त्यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणसँगै सरकारले लकडाउन घोषणा गरेपछि यातायात क्षेत्र ठप्प छ । लकडाउनका कारण मुलकभर लामो तथा छोटो दूरीका करिब ४ लाख सवारी साधन बन्द भएका छन् । तर, बैंक तथा वित्तीय संस्थाबाट ब्याज तिर्न दबाब आउन थालेपछि यातायात व्यावसायी चिन्तित बनेका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभुल्नूहोला 

 

Skip This
Skip This
Logo