आज विहानै उपत्यकामा लकडाउन उल्लंघन गर्ने २ हजार जना पक्राउ

आज विहानै उपत्यकामा लकडाउन उल्लंघन गर्ने २ हजार जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लकडाउनको आज २२ औं दिन प्रहरीले राजधानीबाट बिहानै लकडाउन उल्लङ्घन गर्ने २ हजार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बिहान ८ बजेसम्ममा उपत्यकाका विभिन्न स्थानबाट २ हजार ३८ जनालाई पक्राउ गरिएको हो ।

जसमध्ये १ हजार ५६३ जना पुरुष र ४७५ जना महिला छन् । यसैगरि लकडाउन उल्लङ्घन गर्ने २ सय ५३ सवारी साधनलाई पनि प्रहरीले कारबाही गरेको छ ।

Logo