काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरु मध्ये नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । उता प्रवासमा रहेका १४ जना नेपालीहरुको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
यस्तै कोरोना भाइरसको महामारीसँगै कच्चा पदार्थको अभाव भएपछि एकातिर औषधिको अभाव सिर्जना भएको छ भने अर्काेतिर खतरानाक र नक्कली औषधिहरु फैलिन थालेको पाइएको छ ।
उता कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमा नराम्ररी प्रभाव पारेको छ । दक्षिण एसियाली मुलुकहरुमा पनि ठूलो असर पर्ने विश्व बैंकले आंकलन गरेको छ ।
यसैगरि लकडाउन लम्बिएसँगै सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ । सुदुरपश्चिममा मुक्त हलिया परिवारलाई छाक टार्नका लागि समेत धौ धौ भएको छ ।
लकडाउनले सबै क्षेत्र ठप्प छ । तर सडक विभागले भने रोकिएका बिभिन्न आयोजनाको निर्माण अघि बढाउने भएको छ । हालका लागि झण्डै ६० देखि ६५ पुल आयोजना निर्माण अघि बढाउन लागिएको सडक विभागले जनाएको छ । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया