नेपाल स्काउटद्वारा भोका पशुपंक्षीलाई दाना खुवाउने अभियान सुरु

नेपाल स्काउटद्वारा भोका पशुपंक्षीलाई दाना खुवाउने अभियान सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लकडाउनमा भोका भएका पशुपंक्षीहरूलाई दाना खुवाउने अभियानमा नेपाल स्काउट जुटेको छ । स्काउटले गत हप्ताबाट यो अभियान सुरु गरेको हो । अभियान अन्तर्गत स्काउटले हजारौं बाँदर, कुकुर, गाई र चराचुरुंगी लगायतलाई खानेकुरा दिइसकेको छ ।

नेपाल स्काउटले लकडाउनको १८ औं दिनसम्म आइपुग्दा उपत्यकाको पशुपति, चक्रपथ, बालुवाटार, भाटभटेनी, ज्ञानेश्वर, कमलादी , भद्रकाली लगायत विभिन्न ठाउँमा रहेका भोका जनावरहरुलाई खानेकुरा दिइसकेको जनाएको छ ।

पशुपंक्षीलाई मासु, बिस्कुट, चामल, मकै, गहु, केरा, पानी लगायतका खानेकुरा दिइएको पनि स्काउटले जनाएको छ । यो विषम परिस्थितीमा मानिस र पशुपंक्षीलाई सहयोग गर्नु आफ्नो कर्तव्य रहेको पनि स्काउटले बताएको छ । आगामी दिनमा यस्तो सहयोग जारी राखिने पनि बताइएको छ ।

Logo