बझाङ ।
सर्वसाधारणलाई लकडाउन पालना गराउनु पर्ने जनप्रतिनिधिलेनै लकडाउनका समयमा मेला सञ्चालन गराएपछि वडा अध्यक्षसहित ९ जनालाई कारवाहि गरेको छ । सरकारको निर्णयविरुद्ध मेला सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी गरी ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
लकडाउनको समयमा मेला सञ्चालन गरेका उनीहरु बझाङको छविस पाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मरराज थापा लगायत हुन् । उनीहरुलाई एक महिना कैद र एक सय जरिवानाको सजाय सुनाइएको हो ।
मुलुकी संहिताको एक बर्ष भन्दा कम कैद सजाय सुनाएका ब्यक्तिले प्रतिदिन तीन सय रुपैयाँ जरिवाना तिरेमा कैद भुक्तान नगर्नुपर्ने व्यवस्था अनुसार उनीहरुसँग जनही ९ हजार एक सय जरिवाना तिराएर छाडिएको छ । भिडियोमा :





























प्रतिक्रिया