काठमाडौँ ।
कोरोना नियन्त्रण गर्ने सामग्री आयातमा कुनै भ्रष्ट्राचार नभएको ओम्नी समूहले जनाएको छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री आयातमा भ्रष्ट्राचार गरेको समाचार संचार माध्यममा लगातार रुपमा आएपछि ओम्नी समूहले प्रेस विज्ञप्ती जारी गर्दै भ्रष्ट्राचार नभएको स्पष्ट पारेको हो । त्यस्तै ओम्नीले ल्याएका सामग्रीहरुको गुणस्तरमा कुनै खोट नरहेको समेत उसले जनाएको छ ।
यस्तो संकटका बेलामा आफूहरुले असल नागरिकको जिम्मेवारी पूरा गरेको भन्दै ओम्नी समूहले गरेको कोरोना परिक्षण सामग्रीको आयातमा कुनै मन्त्री वा कुनै पक्षसँग सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।
‘संचार माध्यमहरुबाट फैलाईएको भ्रष्ट्राचार भएको भन्ने अफवाहमा कुनै सत्यता नरहेको तथा हामी सधैं देश र जनता प्रति समर्पित छौं र यस विपदको घडीमा एक असल नागरिकले खेल्नु पर्ने भूमिका प्रति हामी सजग तथा जानकार छौं ।’ ओम्नी समूहद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
चीनमा कोरोनाको रोकथाम तथा नियन्त्रण सम्बन्धी सामान तथा उपकरणहरुको बजार मूल्य प्रत्येक दिन परिवर्तन भइरहेको र राम्रो अर्थतन्त्र भनिएका देशहरुले पनि खरिदमा होडबाजी चलिरहेको हुँदा नेपालबाट चीनमा गई उत्पादक, वितरकसँग मूल्य सम्बन्धमा वार्ता गर्ने अवस्था नभएकाले समस्या आएको ओम्नी समूहले जनाएको छ ।

































प्रतिक्रिया