काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ। मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा कोभिड १९ कोरोना भाइरस र समसामयिक राजनीतिक परिस्थितिबारेमा छलफल हुनेछ । लकडाउन पछि पहिलो पटक नेकपाले बैठक बोलाएको हो।
नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालय बैठक बोलाउन दबाब दिइएको थियो । दबाब पछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रचण्डले छलफल गरेपछि मंगलबारका लागि बैठक डाकिएको हो।
स्वास्थ्य सामग्री खरिदको विवाद र त्यसपछि सेनालाई दिइएको जिम्मेवारीबारे नेकपाभित्रै विवाद छ। सो बारे पनि छलफल हुने बताइएको छ। अन्नपूर्णबाट































प्रतिक्रिया