कोभिड —१९ को जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह

कोभिड —१९ को जोखिम नियन्त्रणमा साथ दिन मुख्यमन्त्री राउतद्वारा आग्रह

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले ‘कोभिड १९’ को जोखिम रोकथाम र नियन्त्रणमा सरकारले सञ्चालन गरेको अभियानमा चिकित्सकलाई साथ दिन आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार भिडियो सन्देशमार्फत् चिकित्सकको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिइ समाधानका लागि प्रयास रहेको बताए ।

मुख्यमन्त्री राउतले चिकित्सक सुरक्षामा प्रदेश सरकार कुनै कन्जुस्याइँ नगर्ने बताउँदै कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अग्रसरताका लागि चिकित्सकलाई अनुरोध समेत गरेका छन् । प्रदेश सरकार चिकित्सकको बीमा, पीपीईलगायतका स्वास्थ्य सामग्री सहयोग गर्न तयार रहेको जानकारी दिए ।

मुख्यमन्त्री राउतले महामारीको कठीन समयमा प्रदेश सरकारसँग भएको साधनका स्रोत उपलब्धका साथै पारिश्रमिकमा सतप्रतिशत वृद्धिलगायत सबै थोक सहयोग गर्न तत्पर रहेकाले नडराई सरकारको अभियानमा साथ दिन आग्रह गरेका छन् ।– रासस

Logo