ललितपुर महानगरद्वारा पाँच करोडको कोरोना रोकथाम राहत कोष स्थापना

ललितपुर महानगरद्वारा पाँच करोडको कोरोना रोकथाम राहत कोष स्थापना

केन्द्रबिन्दु
0
Shares

ललितपुर।

ललितपुर महानगरपालिकाले पाँच करोड रुपैयाँको कोरोना भाइरस राहत कोष स्थापना गरेको छ । महानगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले उक्त रकम बराबरको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन उक्त समितिका संयोजक छन् । उक्त कोषबाट नै कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्दै सरकारले गरेको लकडाउनका कारण काम गर्न नपाएका दैनिक ज्याला मजदुरी गर्नेलाई राहत उपलब्ध गराउने महानगर प्रमुख महर्जनले बताए । वडा वडामा प्राप्त भएको विवरण अनुसार राहत लिनेको संख्या करीब एक लाख हुने महानगरपालिकाले जनाएको छ ।

अर्थ मन्त्रालयले बिहीबार नयाँ मापदण्ड र राहत लिनको लागि भर्नुपर्ने फारमको नयाँ ढाँचा पठाएपछि ललितपुर महानगरपालिकाले शनिवार साँझ पाँच बजेसम्म सम्बन्धित पक्षलाई पुनः निवेदन दिन आव्हान गरेको थियो । यस अघि महानगरपालिकाले सोमबार नै विपन्न, दैनिक, ज्यालादारी गर्ने लगायतको विवरण संकलनको लागि सूचना जारी गरेको थियो ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भन्दै नेपाल सरकारले गरेको लकडाउनका कारण उद्योग, कल-कारखाना बन्दछन् ।

Logo