स्रोत नखुलेको ३७ लाख नगदसहित १ जना पक्राउ

स्रोत नखुलेको ३७ लाख नगदसहित १ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले स्रोत नखुलेको ३७ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चितवनबाट काठमाडौँ आउँदै गरेको बा३ख ९१३९ नंको हाइस गाडीमा चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई सोमबार पक्राउ गरेको हो । झोलामा लुकाएर ल्याएको नगद र चेकबुकसहित गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ गुरुङसँग प्रहरीले ३७ लाख नगद, ७ लाख ११ हजारको ग्लोबल आइएमई बैंकको एक थान चेक बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका गुरुङसँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Logo