काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौं । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौं । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ।
आजका प्रमुख समाचारहरु मध्ये उच्च कृषि उत्पादन, पर्यटक आगमन, विप्रेषण आप्रवाहमा भएको बढोत्तरी तथा निजी क्षेत्रबाट भएको लगानी वृद्धिले अघिल्लो वर्ष ७.१ प्रतिशतको हाराहारीमा रहेको नेपालको कुल गार्हस्थ्य उत्पादन चालु आवमा ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ ।
यस्तै नेपाल विद्युत प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्न सफल भएको छ । प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ मा मात्रै १० अर्ब ६६ करोड ७९ लाख बराबरको नाफा कमाएको छ ।
यता कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले बनाएको राहत कोषमा झण्डै दुई अर्ब रुपैंयाँ जम्मा भएको छ ।
यसैगरि कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट बालबालिका र शिशुहरुको पनि मृत्यु हुन थालेको छ ।
काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकतामा राखेको छ । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया