नेपालमा थप एक जनामा कोरोना पोजिटिभ, छैठौं संक्रमित पनि बाग्लुङकै

नेपालमा थप एक जनामा कोरोना पोजिटिभ, छैठौं संक्रमित पनि बाग्लुङकै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा थप एकजना युवतीमा कोभिड १९ को पोजेटिभ देखिएकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप एक जना युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

पछिल्लो संक्रमणका विरामीसँगै कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यी संक्रमित विरामी पनि चैत ४ गते कतार एयरवेजको क्यू आर सिक्स फाईब टु नम्बरको उडानबाट काठमाडौं आएको प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । बाग्लुङबाट आएको नमुना परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।

मन्त्रालयले छैठौं संक्रमितका बारेमा अन्य जानकारी दिएको छैन । यसअघि कतार एयरवेजको क्यू आर सिक्स फाईब टु नम्बरको उडानबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिईसकेको थियो । अहिलेसम्म काठमाडौ र काठमाडौ बाहिर गरी १ हजार १ सय ८४ वटा नमुना परीक्षण गरिएको पनि डाक्टर देवकोटाले जानकारी दिए । ४३ वटा काठमाडौमा र धरानमा १२ वटा नमुना परीक्षणको क्रममा रहेको तथा सैनिक अस्पतालले १७ वटा स्वावको नमुना परीक्षणका लागि लिएको पनि उनले जानकारी दिए ।

डाक्टर देवकोटाका अनुसार १६ जना उपत्यकामा र ९९ बाहिर गरी मुलुकभर १ सय ५ जना आइसोलेसनमा छन् । उनले मन्त्रालयको एप्समा ४ हजार १ सय ९८ जनाले आफ्नो स्वास्थ्य विवरण भरेको र ती मध्ये १७ रेडमा रहेकाले उनीहरुको नमुना परीक्षण गरिने पनि जानकारी दिए ।

Logo