काभ्रेमा लकडाउन उल्लंघन गरी हिड्ने ७५ जना प्रहरी नियन्त्रणमा

काभ्रेमा लकडाउन उल्लंघन गरी हिड्ने ७५ जना प्रहरी नियन्त्रणमा


काभ्रे ।

काभ्रेको बनेपामा लकडाउन उल्लंघन गरी हिड्ने ७५ जनालाई प्रहरीले बनेपाबाट नियन्त्रणमा लिएको छ ।

लकडाउन उल्लंघन गरी सडकमा जथाभावी हिडेकाहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए । उनका अनुसार विहान मात्रै सरकारको नियमनलाई अटेर गरी जथाभावी हिडडुल गर्ने ७५ जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका मध्ये ५ जना महिला र ७० जना पुरुष छन् ।

उनीहरुलाई लकडाउन र कोरोना भाइरसबाट हुने सम्भावित असरको बारेमा सचेतनामुलक कक्षा सञ्चालन गरि छोडिने प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

Logo