वीर अस्पतालमा मृत्यु भएका दुवै जनामा कोरोना नेगेटिभ

वीर अस्पतालमा मृत्यु भएका दुवै जनामा कोरोना नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वीर अस्पतालमा आइतवार र सोमवार मृत्यु भएका दुई जनामै कोरोना संक्रमण नभएको वीर अस्पतालले जनाएको छ ।

उनीहरु दुवैको श्वासप्रश्वास समस्या र ज्वरो पनि भएकोले श्वाव परिक्षणका लागि टेकु अस्पतालमा पठाइएको थियो ।

आइतवार काठमाडौं सतुंगल बस्ने ३३ वर्षीय एक महिला र सोमवार रौतहटका ५५ वर्षीय पुरुषको वीर अस्पतालमा मृत्यु भएको थियो ।

मृतक महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या थियो भने मृतक पुरुषमा मुटुको रोग हुन सक्ने वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले बताए । उनीहरुको मृत्यु कोरोनाको आंशकामा भएको अनुमान गरिएपनि रिर्पोट भने नेगेटिभ आएको बताइएको छ ।

Skip This
Skip This
Logo